ad ad

खेल


नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिए

नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिए

नेपालखबर
असार २४, २०७९ शुक्रबार ११:३३, काठमाडौँ

दोस्रो वरियताका टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिएका छन्। 

पेटको चोटको कारण राफायलले अष्ट्रियाका निक किर्गियोससँगको सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिएका हुन्। 

३६ वर्षिय राफायलले पेटको चोटको बाबजुद पनि क्वार्टरफाइनलमा अमेरिकी टेलर फ्रिट्जलाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए। 

सेमिफाइनलबाट नाम फिर्ता लिएपछि राफायलले भने, 'मैले आफ्नो खेललाई करियरमा निरन्तरता दिन पटक प्रयास गरेँ तर, चोट बढ्दै गइरहेको छ। पेटको मांसपेशीमा समस्या आएको छ। अबका दुई खेल खेल्न सक्दिनँ' उनले भने।

उनले दिनभर सोचेर यो निर्णय लिएको समेत बताएका छन्। २२ पटकको ग्राण्ड स्लाम विजेता राफायलले दुईपटक विम्बल्डनको उपाधि उचालेका छन्। 

राफायलले सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोसले आइतबार नोभाक जोकोभिक वा क्यारुन नोरीसँग खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .