ad ad

खेल


रेनुको स्वास्थ्य अवस्था बुझ्न खेलकुदमन्त्री अस्पतालमा, उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता

रेनुको स्वास्थ्य अवस्था बुझ्न खेलकुदमन्त्री अस्पतालमा, उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता

नेपालखबर
असार २३, २०७९ बिहिबार १६:४, काठमाडौँ

एशियाली खेलकुदको तयारीका क्रममा घाइते भएकी राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी कप्तान रेनुका नगरकोटेको उपचारमा कुनै कमी हुन नदिने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताएका छन्। 

युवा तथा खेलकुदमन्त्री गहतराज कप्तान रेनुकाको स्वास्थ्य अवस्थाबारे बुझ्न बिहीबार बी एण्ड बी अस्पताल पुगेका थिए। 

रेनुकालाई भेटेपछि मन्त्री गहतराजले उनलार्ई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउँदै उनको उपाचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाएका छन्। 

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा सोमबार घाईते भएकी रेनुकाको क्लाभिकल बोन (कलरबोन अर्थात घाँटीमुनिको हड्डी) फ्याक्चर भएको थियो। उनको  सोमबार नै ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा डा. अमित जोशीको टोलीले शल्यक्रिया गरेको थियो।  

शल्यक्रियापछि रेनुका ३ महिना मैदान बाहिर रहने भएकी छिन्। ३ महिना मैदान बाहिर रहँदा रेनुकाले घरेलु मैदानमा हुन लागेको साफ च्याम्पियनसिप गुमाउने भएकी छिन्। साफ भदौ १३ गतेदेखि २५ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .