कतारलाई २-० ले पराजित गर्दै साविकको उपविजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।
आईतबार राति भएको खेलमा अर्जेन्टिनाको जितमा सर्जियो अग्वेरो र लौटारो मार्टिनेजले गोल गरे।
खेलको चौथो मिनेटमा मार्टिनेजको गोलबाट अग्रता बनाएको अर्जेन्टिनाका लागि ८२ औ मिनेटमा सर्जियो अग्वेरोले दोस्रो गोल गरे।
समुह चरणको अर्को खेलमा पाराग्वे पराजित भएसँगै अर्जेन्टिना समुह उपविजेता समेत बन्यो।
अर्जेन्टिनाले अब क्वाटरफाईनलमा भेनेजुएलासँग खेल्नेछ।

प्रतिक्रिया