महोत्तरीको औरहीमा सोमबार बिहान भएको सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो।
ठक्कर दिने गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताए।
शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिए।

प्रतिक्रिया