ad ad

खेल


भान डाइकलाई रोनाल्डोकी दिदीको यस्तो चुनौती

भान डाइकलाई रोनाल्डोकी दिदीको यस्तो चुनौती

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ७:५९,

यस वर्षको बालन डिओर बार्सिलोना स्टार लियोनल मेस्सीको प्राप्त गरे। छैठौँ पटक यो उपाधि जितेका मेस्सीको खुसीको सीमा रहेन। तर, शीर्ष तीनमा परेका अन्य दुई खेलाडी लिभरपुल स्टार भर्जिल भान डाइक र युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोबीच भने भनाभन चलेको छ।

सोमबार पेरिसमा भएको समारोहमा रोनाल्डो अनुपस्थित रहे। उनी इटालीको मिलानमा आयोजित सिरी एको उत्कृष्ट खेलाडीको उपाधि लिइरहेका थिए।

बालुन डिओरमा रोनाल्डोको अनुपस्थितिलाई लिएर भान डाइकलाई प्रश्न सोधियो। ‘अब त तपाईंको प्रतिस्पर्धी कम भए नि?’

भान डाइक पनि के कम मजाक गर्दै भने, ‘रोनाल्डो मेरो प्रतिस्पर्धी थिए र!’

यस विषयमा रोनाल्डो आफैँले त कुनै प्रतिक्रिया दिएका छैनन्, तर रोनाल्डोकी दिदी कातिया एभेरोले भने यसमा चित्त दुखाएको उनको प्रतिक्रियाबाट पुष्टि हुन्छ। उनले भान डाइकलाई पहिले व्यक्तिगत उपाधि जितेर देखाउन चुनौती पनि दिएकी छन्।

उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘प्रिय भर्जिल, तिमी पहिलो चोटी जहाँ जाँदैछौ, रोनाल्डो त्यहाँ हजारौँ पटक पुगेर फर्किसकेका छन्। तिम्रै देशमा उनी तीन पटक उत्कृष्ट खेलाडी बनिसकेका छन्। तिमी त्यहाँ वर्षौँ खेल्यौ। तैपनि ट्रफी हात पार्न सकेनौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .