काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगिताअन्तर्गत आज (बुधबार) आयोजित उसु स्पर्धामा विवाद भएको छ।
उसु खेलको थाउलो थाइचिचेनअन्तर्गत पुरुष स्पर्धामा पक्षपात गरिएको भन्दै विरोध भएको हो। उक्त स्पर्धामा प्रदर्शनका आधारमा भारत पहिलो र नेपाल दोस्रो हुनुपर्नेमा श्रीलंकालाई जिताएको भन्दै विरोध भएको हो।
विवाद चर्किएपछि खेल मैदानवरिपरि प्रहरी खटिएका थिए। विरोधका क्रममा दर्शकले समेत खेल मैदानभित्रै पानीका बोतल फालेका थिए।
विवादका कारण केहीबेर खेल राेकिएकाे थियाे। केहीबेरको विवादपछि खेल पुनः सञ्चालन भएको थियो।
3
Shares
प्रतिक्रिया