लगातार तेस्रो जितसँगै नेपाल एसीसी महिला टी–२० च्याम्पिनयसिपको सेमिफाइनलमा पुगेको छ।
सोमबार भएको खेलमा बहराईनलाई ८ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो। १५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै अपराजित यात्रालाई कायमै राखेको हो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४ रन बनाइन्। कविता जोशी ३ रनमा नटआउट रहिन्। नेपालले ८ रन अतिरिक्त पायो। त्यसअघि किनरारा एकेडेमी ओभलमा वर्षाको कारण ७ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रनको योगफल तयार पारेको हो।
बहराइनका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालकी अस्मिना कमाचार्यले १ विकेट लिइन्। कविता कुँवर र सबनम राईले समान २ विकेट झारे। नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो। नेपालले मंगलबार हङकङसँग खेल्नेछ।
Shares
प्रतिक्रिया