ad ad

खेल


एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

नेपालखबर
असार ३, २०७९ शुक्रबार ११:४६, काठमाडौँ

एसीसी महिला टि–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले पराजित गर्दै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो। 

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो। भुटानका लागि छिरिङ जाग्मोले सर्वाधिक १६ रन बनाईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

भुटानलाई सस्तैमा समेट्न संगिता राई, सिता मगर र कविता कुँवरले समान २ विकेट झारे। अस्मिना कर्माचार्य र इन्दु बर्माले समान १ विकेट लिए। 

त्यसअघि मलेसियास्थित युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि काजल श्रेष्ठले २६ रनको योगदान दिइन्। चौथो विकेटका लागि काजल श्रेष्ठ र इन्दु बर्माले ३२ रनको साझेदारी गरे। इन्दु २० रनमा पवेलियन फर्के। कप्तान रुविना क्षत्रीले २१ रन थपिन्। 

नेपालले भोलि शनिबार कुवेतसँग खेल्नेछ। नेपालले ६ गते बहराइन, ७ गते हङकङसँग खेल्ने तालिका छ। सेमिफाइनल खेल १० गते हुनेछ भने फाइनल भिडन्त ११ गते हुनेछ। 

नेपाल,  हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा छ। समूह ए मा यूएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। यो समूहबाट फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .