ad ad

खेल


कतार विश्वकपको आधिकारिक पोष्टर सार्वजनिक

कतार विश्वकपको आधिकारिक पोष्टर सार्वजनिक

नेपालखबर
असार २, २०७९ बिहिबार १२:५९, काठमाडौँ

कतार विश्वकप २०२२ को आधिकारिक पोष्टर सार्वजनिक भएको छ। 

फिफा विश्वकप २०२२ का लागि कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आधिकारिक पोष्टर सार्वजनिक भएको हो। पोष्टरको कतारी कलाकार बुथायना अल मुफ्ताहले सार्वजनिक गरेकी हुन्। कतारको उनी आफैले डिजाइन गरेकी हुन्। 

कतारले आयोजना गरेको विश्वकपको मुख्य पोष्टरमा परम्परागत अरबी हेडवेयर हावामा फ्याँकिएको देखाइएको छ। यो उत्सव र फुटबल प्रेमीको प्रतिक हो। फिफा विश्वकपमा मुख्यसँगै सातवटा अन्य पोष्टर पनि बनाइएको छ। 

अल मुफ्ताहले भनिन्, ‘यो मेरो मुख्य प्रेरणाको स्रोत संकलित स्मृति हुन्। मेरो धेरैजसो काम विगतका अनुभव, सम्झनालाई वर्तमानसँग जोड्ने र समसामयिक ढङ्गमा ढाल्नेमा केन्द्रित छ। म यो पोष्टरमार्फत कतारको फुटबल संस्कृतिको कथा सुनाउन चाहन्छु।’ 

फिफाका मर्केटिङ निर्देशक जिन फ्रान्कोइस पाथीले भने, ‘कतार विश्वकप २०२२ को आधिकारिक पोस्टर कतारको कलात्मक तथा ऐतिहासिक फुटबलको वायुमण्डलीय प्रतिबिम्ब हो। हामी यो किसिमको सुन्दर पोस्टरहरुबाट निकै खुसी भएका छौं।’

फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि कतारको आठ सहरमा हुँदै छ। दोस्रोपटक एसियन मुलुकमा हुन लागेको कतार विश्वकपको फाइनल भिडन्त डिसेम्बर १८ मा हुँदै छ। विश्वकपमा सहभागी हुने सबै ३२ टोलीको टुङ्गो लागिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .