ad ad

खेल


नेपालसँग मैत्रीपूर्ण खेल खेल्न रूस इच्छुक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न रूस इच्छुक

नेपालखबर
असार १, २०७९ बुधबार १५:४४, काठमाडौँ

नेपालसँग मैत्रीपूर्ण खेल आयोजना गर्न रसिया इच्छुक रहेको युवा तथा खेलकुद मन्त्री आलेग भासिलिभिचले बताएका छन्। 

रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँगको भेटमा रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया इच्छुक रहेको बताएका हुन्। 

साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो। 

रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका मन्त्री अथकले भासिलिभिचसँग भेटवार्ता गरेका हुन्। 

भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो। रसियाका खेलकुद मन्त्रीसँगको भेटमा बोल्दै मन्त्री अथकले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यो भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे। 

उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए। 

नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता ब्यक्त गर्दै मन्त्री अथकले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” फलदायी हुनेमा विश्वास ब्यक्त गरे। भेटकै क्रममा मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .