ad ad

खेल


एसीसी महिला टी२० प्रतियोगिता खेल्ने क्रिकेट टोलीको विदाइ

एसीसी महिला टी२० प्रतियोगिता खेल्ने क्रिकेट टोलीको विदाइ

नेपालखबर
जेठ ३१, २०७९ मंगलबार १७:४३, काठमाडौँ

मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाइ गरिएको छ। 

शुक्रबारदेखि सुरु हुने च्याम्पियसिपमा सहभागी हुने महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विदाइ गरेका छन्। 

खेलाडीलाई जितको शुभकामना दिँदै सदस्यसचिव घिसिङले आफ्नो सिकाइ र विभिन्न प्रतियोगिताको अनुभवलाई च्याम्पियनसिपका प्रयोग गर्न सुझाव दिए।
 

च्याम्पियनसिपका लागि युवा स्पिनर मनिषा उपाध्यायलाई पहिलो पटक टोलीमा राख्दै सोमबार रुविना क्षत्री बेलबासेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको थियो। राष्ट्रिय टोलीकी उदीयमान खेलाडी हिरनमयी रायको ट्राभल डकुमेन्ट नबन्दा उनी टोली बाहिर छिन्।

एसीसी वुमन्स टी–२० च्याम्पियनसिप आगामी शुक्रबार देखि मलेसियामा हुँदै छ। 

नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन रहेको समूह बीमा छ। समूह एमा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। च्याम्पियनसिपको फाइनलमा पुग्ने दुई टोलीले एशिया कपमा स्थान बनाउनेछन्। 

नेपालले असार ३ गते भुटानविरुद्ध खेल्दै च्याम्निपयसिपको सुरुवात गर्नेछ। ४ गते कुवेत, ६ गते बहराइन, ७ गते हङकङ सँग खेल्ने तालिका छ। सेमिफाइनल खेल १० गते हुनेछ भने फाइनल भिडन्त ११ गते हुने तालिका छ। 

राष्ट्रिय महिला टोली 
रुविना क्षेत्री बेलबासे –कप्तान), इन्दु बर्मा (उपकप्तान), ज्योति पाण्डे (विकेटकिपर), काजोल श्रेष्ठ (विकेटकिपर), सीता रानामगर, कविता कुँवर, अश्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्यय, डली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी बेगम र सबनम राई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .