ad ad

खेल


नेपाल सुपर लिगले पायो एन्फाको अनुमति, तोकेकै मितिमा हुने

नेपाल सुपर लिगले पायो एन्फाको अनुमति, तोकेकै मितिमा हुने

नेपालखबर
जेठ ३१, २०७९ मंगलबार १७:३९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमति दिएको छ। 

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्ट (एनएसइएम) ले प्रस्ताव गरेको मितिमा नै एनएसएस गर्न एन्फाले अनुमति दिएको हो। 

एनएसइएमले भदौ २५ देखि कार्तिक ५ गतेसम्म एनएसएल आयोजना गर्न एन्फासँग मिति मागेको थियो। एन्फाले एनएसएल आयोजनाका लागि अनुमति दिएसँगै अब तोकेको मितिमा नै हुने एनएसइएमका सीईयो सुदिप शर्माले बताए। 

उनले भने, ‘हामीले आन्तरिक रुपमा तयारी त गरिरहेका थियौँ अब तोकेको समयमा नै लिग हुन्छ।’

एनएसएलको २०७८ को चैत २५ देखि २०७९ जेठ १ गतेसम्म आयोजना गर्ने बताएको थियो। तर क्लबको अनुमतिविना नै खेलाडी किनबेच गरेको भन्दै ए डिभिजनका ४ क्लबले विरोध गरेका थिए। 

दोस्रो संस्करणको एनएसएलमा १० टोली सहभागी हुनेछन्। यो पटक स्पोर्टिङ इलामm विरगञ्ज युनाइटेड र झापा फुटबल क्लब नयाँ टोलीका रुपमा थपिएका छन्।

गत संस्करण विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले स्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .