यूईएफए नेन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा फ्रान्स क्रोएसियासँग पराजित भएको छ।
सोमबार भएको खेलमा क्रोएसियासँग १–० गोल अन्तरले पराजित भएसँगै आगामी वर्ष हुने फाइनलमा पुग्ने फ्रान्सको सम्भावना पनि सकिएको छ।
सोमबारको खेलमा फ्रान्सलाई हराउने क्रममा खेलको पाँचौं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरेका थिए। खेलमा दुवै टोलीबाट थप कुनै पनि गोल हुन नसकेसँगै क्रोएसिया विजयी भएको हो।
सोमबार फ्रान्सको टोलीमा करिम, बेन्जेमा, किलियान एमबाप्पे र क्रिस्टोफर नकुन्कुजस्ता खेलाडी समावेश भए पनि उनीहरुले टोलीलाई जित दिलाउन भने सकेनन्।
यससँगै समूह एमा फ्रान्स चारखेलबाट २ अंकसहित पुछारमा छ भने क्रोएसियाले समान खेलबाट ७ अंक जोडेको छ।
समूहको शीर्षस्थानमा रहेको डेनमार्कले ४ खेलबाट ९ अंक हात पारेको छ।
726
Shares
प्रतिक्रिया