ad ad

खेल


पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

नेपालखबर
जेठ ३१, २०७९ मंगलबार ६:५५, काठमाडौँ

पेनाल्टी सुटआउटमा पेरुलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकपको लागि छनोट भएको छ।

सोमबार राति भएको खेलमा पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। अष्ट्रेलिया विश्वकपमा पुग्ने ३१ औं टोली हो। 

सोमबार राति भएको अन्तरमहादेशीय प्ले अफको खेलको निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न सकेनन्।

यससँगै खेल पेनाल्टीतर्फ धकेलिएको थियो। पेनाल्टी सुटआउटमा अष्ट्रेलियाले पाँचै गोल गर्न सफल भयो भने पेरुको अन्तिम प्रहार अष्ट्रेलियाका गोलकिपर एन्ड्र्यु रेडमायनले रोकिदिए।  

अष्ट्रेलिया लगातार पाँचौंपटक विश्वकपमा पुगेको हो। उसले सन् २००६ यताका सबै विश्वकप खेलेको छ। अष्ट्रेलिया विश्वकपको समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग परेको छ। 

मंगलबार हुने कोस्टारिका र न्युजिल्याण्डबीचको खेलले विश्वकपमा पुग्ने अन्तिम टोलीको टुङ्गो लगाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .