उरुग्वेका युवा फरवार्ड डार्विन नुनेज लिभरपुलमा अनुबन्ध भएका छन्। नुनेज बेन्फिकाबाट लिभरपुल पुगेका हुन्।
नुनेज ७५ मिलियन युरोजमा लिभरपुलमा अनुबन्ध हुने बेन्फिकाले जनाएको छ। उनी सन् २०२८ सम्म लिभरपुलमा रहने सम्झौता भएको छ।
२२ वर्षीय नुनेजले गत सिजन बेन्फिकाबाट ४१ खेल खेल्दै ३२ गोल गरेका छन्।
उनले उरुग्वेबाट ११ खेल खेलेका छन्। सन् २०२१–२२ मा २८ लिग खेलमा २६ गोल गरेका छन्।
गत सिजनको १० च्याम्पियन्स लिगमा नुनेजले ६ गोल गरेका थिए। लिभरपुल विरुद्धकै क्वार्टरफाइनल खेलमा उनले गोल गरेका थिए।
27
Shares
प्रतिक्रिया