ad ad

खेल


पाँच दिने भ्रमणमा रूस गए खेलकुदमन्त्री गहतराज

पाँच दिने भ्रमणमा रूस गए खेलकुदमन्त्री गहतराज

नेपालखबर
जेठ ३०, २०७९ सोमबार १४:१८, काठमाडौँ

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन्। 

रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गरेका हुन्। 

पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री  म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ।

त्यसक्रममा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा दुवै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत छ। 

साथै नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल हुनेछ।

भ्रमणका क्रममा रुसले खेलकुद क्षेत्रको विकासका लागि अवलम्वन गरेको निति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको छ। 

नेपाल र रुस बीचको झण्डै ६६ वर्ष लामो कूटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास लिइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .