ad ad

खेल


भेट्रान डिफेन्डर तथा कप्तान मार्सेलो सोमबार रियल म्याड्रिडबाट बिदा हुँदै

भेट्रान डिफेन्डर तथा कप्तान मार्सेलो सोमबार रियल म्याड्रिडबाट बिदा हुँदै

नेपालखबर
जेठ ३०, २०७९ सोमबार १४:७, काठमाडौँ

भेट्रान डिफेन्डर तथा कप्तान मार्सेलो सोमबार रियल म्याड्रिडबाट औपचारिक रुपमा बिदा हुँदैछन्।

रियलले कप्तान मार्सेलोलाई बिदाई गर्न आज भव्य कार्यक्रम आयोजना गरेको छ। मार्सेलो र रियलको सम्झौता जुन महिनामा सकिदै छ। 
१५ वर्ष रियलमा बिताएका ३४ वर्षिय मार्सेलोले २५ उपाधि उचालेका छन्। 

सन् २००७ मा रियलसँग जोडिएका ब्राजिली लेफ्ट ब्याक डिफेन्डर मार्सेलोले १६ सिजन सिनियर टिमबाट खेलेका छन्। रियलबाट मार्सेलोले ५ च्याम्पियन्स लिग,६ स्पेनिस ला लिगा, २ कोपा डेल रे, २ युईएफए सुपर कपसहित २५ उपाधि उचालेका हुन्। मार्सेलोले रियलका लागि कुल ५४५ खेलमा ३८ गोल र १०३ असिस्ट प्रदान गरेका छन्।

रियलले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै मार्सेलोलाई औपचारिक बिदाइ गर्ने जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .