स्विट्जरल्याण्डका हरिस सेफेरोभिकको निर्णायक गोलमा युईएफए नेसन्स लिग अन्तर्गत ग्रुप ए को खेलमा पोर्चुगल स्विट्जरल्याण्डसँग पराजित भएको छ।
कप्तान तथा सुपर स्टार क्रिष्टियानो रोनाल्डोविनै मैदान उत्रेको पोर्चुगलले खेलमा सुरुवातको ५५ सेकेण्डमा नै गेल खान पुगेको थियो। स्वीटरल्याण्डका लागि सेफेरिभकले गरेको गोल नै निर्णायक बन्यो।
सुरुवातमा नै गोल खाएको पोर्चुगलले स्विट्जरल्याण्डलाई १–० को नतिजा सुम्पेको हो। पहिलो जितसँगै स्विट्जरल्याण्डले ४ खेलबाट ३ अंक जोडेको छ।
यद्यपि टोली अंकतालिकाको पुछारमै रहेको छ। ७ अंक भएको पोर्चुगल दोस्रो स्थानमा झरेको छ।
यही समूहको अर्को खेलमा चेक रिपब्लिकलाई २–० ले हराएको स्पेन शीर्ष स्थानमा उक्लेको छ। स्पेनले ८ अंक बनाउँदा ४ अंक भएको चेक रिपब्लिक ४ अंक जोडेर तेस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया