एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत शनिबार नेपालले आयोजक कुवेतको सामना गर्दै छ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ।
बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो।
आयोजक कुवेत पनि पहिलो खेलमा कुवेत इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा छ। कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा छ।
शीर्षस्थानमा रहेको जोर्डन र दोस्रो स्थानमा रहेको इन्डोनेसियाले ३/३ अंक हात पारेका छन् ।
69
Shares
प्रतिक्रिया