ad ad

खेल


गण्डकीमा साहसिक खेलकुद अगाडि बढाउन नीतिगत व्यवस्था गर्न माग

गण्डकीमा साहसिक खेलकुद अगाडि बढाउन नीतिगत व्यवस्था गर्न माग

नेपालखबर
जेठ २५, २०७९ बुधबार २१:२६, काठमाडौँ

पर्वतीय खेलकुद महासंघ नेपालले गण्डकी प्रदेशमा साहसिक खेलकुद अगाडि बढाउन नीतिगत व्यवस्था गर्न माग गरेको छ। 

पोखरामा सम्पन्न महासंघको गण्डकी भेलाले पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलकुदलाई अगाडि बढाउन माग गरेको हो।

महासंघको गण्डकी खेलकुद परिषदसँग परम्परागत, साहसिक र पर्यटकीय खेलकुदका लागि आवश्यक नीतिगत, कार्यक्रमिक र व्यवस्थापकीय सहयोगका लागि उक्त भेलाको आयोजना भएको महासंघले जनाएको छ। 

पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले गण्डकी प्रदेशलाई साहसिक खेलकुदको लागि प्रमुख गन्तव्य रहेकोले नीतिगत रुपमा नै अघि बढाउन प्रदेश सरकारको ध्यान त्यसतर्फ जानुपर्ने आवश्यक्ता रहेको बताए।

भेलामा महासंघ र सदस्य संघको प्रदेश समिती निर्माण, संघ र महासंघको साधारण सभा तथा निर्वाचन प्रक्रिया, प्रतिनिधित्व, साहसिक खेलकुदको विकासका लागि प्रदेश खेलकुदको अध्ययन प्रतिवेदन संगै प्रदेशमा क्रियाशिल संघ र इभेन्टहरुको अवस्थाका बारेमा समेत विशेष छलफल गरिएको थियो।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, गल्फ कास्कीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, रक क्लाइम्विङकी लक्की क्षेत्री, मोटर स्पोर्टसका शिव श्रेष्ठले आ–आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए। त्यसै गरी महानजङ्ग पाण्डे, रमेश कार्की, जगन विक, अग्रज फोटो पत्रकार सुनिल उलकले समेत आफ्ना सुझाव प्रस्तुत गर्दै परम्परागत खेलकुद र पर्वतीय खेलकुदलाई अझै व्यवस्थित बनाउन जोड दिए।

अध्यक्ष गोविन्द भट्टराई र गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङ सहितको टिमले कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङ्जा जिल्लाका पर्यटकीय र सााहसिक खेलको सम्भाव्यता अध्ययन गरि फर्केको सन्दर्भमा यो छलफल सहितको भेला भएको हो।

महासंघको गण्डकी प्रदेश कमिटि प्रदेश सभा सदस्य इन्द्रधरा विस्टको संयोजकत्वमा १५ सदस्सीय रहेको छ। जसमा भू बहादुर गुरुङ ( गल्पÞm) र गोपी भट्टराई (विच गेम) तथा वसन्त दुवाडी (प्याुराग्लाइडीङ्ग)  सह संयोजक रहेका छन् भने मोटर स्पोर्ट्स, साइक्लिङ्ग, आर्चेरी, एथलेटिक्स, रोविंग, इक्विस्टरीयन, रयाफ्टिङ्ग, स्पोर्ट्स क्लाइम्बिङ्ग, स्केटिङ्ग, क्यायोनिङ्ग, अल्पाइन स्पोर्ट्स , टग अफ वार, योग स्पोर्ट्स, ठेलोे, टं«ट्रायथलन, वुमन स्पोर्ट्स एण्ड एडभेन्चर्स लगायतका खेलहरुका प्रतिनिधि सदस्यमा रहेका छन्।

भेलाले  महासंघको साधारण सभाको लागि प्रतिनिधि प्रदेश खेलकुद परिषदको सिफारिस सहित प्रतिनिधि पठाउने र सम्वधित संघको प्रदेश समिति यथासक्य छिटो बनाउने प्रस्ताव समेत अनुमोदन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .