ad ad

खेल


एसियन कप छनोटमा आज जोर्डनसँग खेल्दै नेपाल

एसियन कप छनोटमा आज जोर्डनसँग खेल्दै नेपाल

नेपालखबर
जेठ २५, २०७९ बुधबार १२:३१, काठमाडौँ

एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी जोर्डनसँग खेल्दै छ। 

खेल कुवेतस्थित जावेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा मध्यराति १ बजेपछि सुरु हुनेछ। 

फिफा विश्वकपको छनोटमा मात्र भेट भएका नेपाल र जोर्डन पहिलो पटक एशियन कपको छनोटका लागि भिड्न लागेका हुन्।  

प्रशिक्षक र खेलाडीबीच विवाद भएपछि ११ जना सिनियर खेलाडी बिना नै राष्ट्रिय टोली कुवेत पुगेको हो। टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ लगायतका अनुभवी खेलाडी यो पटक टोली बाहिर छन्। 

आजको खेलमा नवयुग श्रेष्ठले कप्तानी सम्हाल्नेछन्।

यसअघि नै आफूहरु एसियन कपमा छनोट हुन नसक्ने बताएका अलमुताइरीले सिनियर ११ खेलाडी टोली बाहिर रहेपछि नयाँ युवा खेलाडीलाई टोलीमा समेटेका छन्। 

हेड टु हेड 
नेपाल र जोर्डनबीच अहिलेसम्म चारपटक भेट भएको छ। चारै भेटमा नेपालले जोर्डनमाथि जित निकाल्न सकेको छैन। 

जोर्डन र नेपालबीच पहिलो पटक सन् २०११ मा फिफा विश्वकप छनोटमा भेट भएका थिए। सो खेलमा नेपाल ९–० ले पराजित भएको थियो।

विश्वकप छनोटकै अर्को खेलमा भने एक एक को बराबरी गरेको थियो। नेपालले जोर्डनविरुद्ध निकालेको यो नै अहिलेसम्मको राम्रो नतिजा हो। 

२०१९ मा भएको अर्को भेटमा भने नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो। २०२१ मा भएको अर्को भेटमा पनि नेपालले जोर्डनलाई ३–० कै नतिजा सुम्पेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .