ad ad

खेल


नेपालको टी–२० यू १९ विश्वकप खेल्ने सपना अधुरै

नेपालको टी–२० यू १९ विश्वकप खेल्ने सपना अधुरै

नेपालखबर
जेठ २४, २०७९ मंगलबार १६:४६, काठमाडौँ

थाइल्याण्डसँग पराजित भएसँगै नेपालको टी–२० यू–१९ विश्वकप खेल्ने सपना अपुरो रहेको छ। 

मंगलबार मलेसियामा भएको आईसीसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा थाइल्याण्डसँग ४९ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको हो। 

थाइल्याण्डले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो। नेपालका लागि सृष्टि जैशीले बनाएको ७ रन नै सर्वाधिक रह्यो। साना प्रविनले ६ रन थपिन्। 

त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो। 

थाइल्याण्डको लागि थिपाचा पुथावाङले २०, बनथिडा लिपाथ्थनाले १९ र सुवानान कियाटोले १६ रनको योगदान दिए।

नेपालका लागि मनिषा उपाध्यय र कप्तान कृतिका मरासिनीले समान २ विकेट लिए। स्नेहा महराले १ विकेट झारिन्। 

पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपालले दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले भुटानलाई ४ विकेटले हराएको थियो। 
नेपालले विहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .