ad ad

खेल


एसियाडमा नेपालले सहभागिता जनाउने २३ खेलको प्रशिक्षण सुरु

एसियाडमा नेपालले सहभागिता जनाउने २३ खेलको प्रशिक्षण सुरु

नेपालखबर
जेठ २४, २०७९ मंगलबार १६:३५, काठमाडौँ

१९औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालले सहभागिता जनाउने २३ खेलको प्रशिक्षण सुरु भएको छ। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षणको औपचारिक सुरुवात गरेको हो। राखेप सदस्यसचिव टंकलाल घिसिङले एसियाडमा सहभागिता जनाउने २३ खेलको प्रशिक्षणको उद्घाटन गरेका हुन्। 

एसियाडका लागि पहिलो चरणको बन्द प्रशिक्षण आज जेठ २४ देखि सुरु भएर असार २३ गतेसम्म चल्नेछ। पहिलो चरणको प्रशिक्षणका लागि ५ करोड रुपैयाँ बजेट छुट्ट्याइएको सदस्यसचिव घिसिङले जानकारी दिए। पहिलो चरण लगत्तै दोस्रो चरणको प्रशिक्षण सुरु हुनेछ।

असार ३० गतेसम्म दोस्रो चरणका लागि खेलाडी छनोट हुनेछन्।

यसअघि यसै वर्षको सेप्टेम्बर अक्टोबरमा सुरु हुने भनिएको एसियाड चिनमा कोरोना सक्रमण बढेसँगै सन् २०२३ सम्मका लागि स्थगित गरिएको छ। 

एसियाडमा नेपालले सहभागिता जनाउने खेल

महिला भलिबल, महिला फुटबल, पुरुष क्रिकेट, ब्याडमिन्टन,तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबल टेनिस, सुटिङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .