ad ad

खेल


साग फुटबलको खेल तालिकाप्रति माल्दिभ्सको चर्को असन्तुष्टि

साग फुटबलको खेल तालिकाप्रति माल्दिभ्सको चर्को असन्तुष्टि

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ८:२३,

भारत नआउने भएपछि एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार सुरुवाती दुई खेल माल्दिभ्सले लगातार २ दिन खेल्नुपर्ने छ। डिसेम्बर २ मा श्रीलंकासँग खेल्ने माल्दिभ्सले लगत्तै अर्को दिन भुटानसँग खेल्ने तालिका छ।

फिफा नियमअनुसार एक खेलमा पछि ४८ घण्टाको ग्याप हुनुपर्ने भएपछि त्यस्तो नभएकाले माल्दिभ्सका कोच ले आपत्ती जनाएका हुन्। यद्यपी उनले प्रतियोगिता खेल्ने नखेल्ने बारे कुनै निर्णय भने सुनाएनन्।

यो तालिका फुटबलको भावना विपरित छ। उनले भने, यो तालिका सच्चाउन हामीले अनुरोध गरेका छौं। खेल्नेबारे आज साँझ खेलाडी, संघ तथा पदाधिकारीहरुसँगको सल्लाहपछि निर्णय गर्नेछौं।

आफुहरुसँग २० जान मात्र खेलाडी भन्दै चोट ठुलो समस्या नभएपनि नियमअनुसार प्रतियोगिता गराउनुपर्नेमा जोड दिए।

 भारत सहभागिता नजनाएपछि सोही खेल तालिका अनुसार प्रतियोगिता गराउनुपने उनको जिकिर थियो।

यसैगरी श्रीलंकाका प्रशिक्षक एमएन पकिर अलिले पनि खेलतालिका प्रति असन्तुष्टि जनाएका छन्। तर, असन्तुष्टिका बाबजुद आफूहरुले भने प्रतियोगितामा सहभागिता जनाउने उनले बताए। प्रतियोगिताका लागि आफूहरुको तयारी राम्रो रहेको उनले बताए। विश्वकप छनोटमा आफ्ना खेलाडीहरुले राम्रो प्रदर्शन गरेकाले आफूहरुले पदक ल्याउनेमा उनी विश्वस्त देखिए।

श्रीलंकाका प्रशिक्षक

बंगलादेशी प्रशिक्षक जेमी डेले समेत फुटबल तालिकालाई लिएर असन्तुष्टि जनाए। उनले आफूले यो फुटबल तालिका हालसम्म कही नदेखेको प्रतिक्रिया दिए। त्यहीपनि आफूहरु प्रतियोगितामा सहभागिता जनाउने उनले बताए।

‘हामीहरु तीन दिनदेखि नेपालमा छौ। तयारी राम्रो भएको छ’ उनले भने, ‘यस प्रतियोगितामा राम्रो गर्दै पदक जित्ने हाम्रो लक्ष्य हुनेछ।’

यस्तै आफूहरुको टिममा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि भएकाले भोलिहुने भुटानविरुद्धको पहिलो खेलमा जित हासिल गर्नेमा उनी विश्वस्त देखिए।

यस्तै बंगलादेशी कप्तानले आफूहरु स्वर्ण पदकका लागि आएको र त्यो स्वर्ण जित्न सके त्यो बंगलादेशी फुटबलको लागि पनि राम्रो हुने बताए। उनले ३ दिन अघि नै नेपाल आएकाले यहाँको वातावरणसँग घुलमिल भैसकेको प्रतिक्रिया दिए।

बंगलादेशी प्रशिक्षक

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .