ad ad

खेल


एसियाडका लागि ४० सदस्यीय महिला फुटबल टोली प्रशिक्षणमा

एसियाडका लागि ४० सदस्यीय महिला फुटबल टोली प्रशिक्षणमा

नेपालखबर
जेठ २४, २०७९ मंगलबार १२:३५, काठमाडौँ

एशियन खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) साग समन्वय गर्दै राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षणमा बोलाएको छ।

१९ औँ एशियन गेम्स (एसियाड) का लागि राखेपले पहिलो चरणमा ४० जना खेलाडीलाई प्रशिक्षणमा डाकेको हो।

४० सदस्यीय टोलीमा केही नयाँ खेलाडीले स्थान बनाउँदा चोटका कारण राष्ट्रिय टोली बाहिर रहेका पुनम जर्गा मगर र सावित्रा भण्डारीले भने पुनरागमन गरेका छन्। सावित्राले २०७७ फागुन ३ गते महिला लिगका दौरान घुँडामा चोट बोकेकी थिइन्। पुनमले भने गत भदौमा मुटुमा समस्या देखिएपछि राष्ट्रिय टोलीबाट बाहिर थिए। 

प्रशिक्षणको सुरुवात आज मंगलबार नै हुने राखेपले जनाएको छ। प्रशिक्षणका लागि स्थान तय भइ नसके पनि दशरथ रंगशाला, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र च्यासल मैदानमा पनि प्रशिक्षण गर्न सकिने राखेपले जानकारी दिएको छ। 

राष्ट्रिय महिला लिगको पहिलो चरण र साफ यू–१९ च्याम्पियनसिपलाई आधार मानेर एशियन खेलकुदका लागि खेलाडी छनोट गरेको राखेपकी महिला फुटबल टोलीकी प्रशिक्षक अरुणा गुरुङले बताइन्। 

प्रारम्भिक चरणमा छनोट भएका खेलाडी
एञ्जिाल तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, हिरा कुमारी भुजेल, पुना राना, विमला विक, सृजना सिहं, निशा थोकर, सलोनी रानामगर, सृजना चेमजोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, बिमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दिपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिसा कार्की, रेखा पौडेल, कुसुम खतिवडा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .