ad ad

खेल


महिला टी २० विश्वकप छनोटमा नेपालकाे दोस्रो जित दर्ता

महिला टी २० विश्वकप छनोटमा नेपालकाे दोस्रो जित दर्ता

नेपालखबर
जेठ २३, २०७९ सोमबार १६:९, काठमाडौँ

आईसीसी यू–१९ महिला टि–२० विश्वकप छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ। भुटानलाई ४ विकेटले पराजित गरेसँगै नेपालले विश्वकप छनोटमा पुग्ने सम्भावनालाई जिवित राखेको छ। 

भुटानले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। 

सानु राजवंशीले ३० रनको महत्वपुर्ण योगदान दिइन्। सना प्रविनले १२ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकिनन्। 

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित किनरारा ओभल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६६ रनको योगफल तयार पारेको थियो। 

भुटानका लागि न्वाङ्ग छोडेन र सन्जय वाङग्मुले समान ११ रन जोडे। इभा सोम्सेल वाङजोनले ७ तथा छोडो ओमले ६ रन थपे। 

नेपालका लागि अनु कठायत। मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २ विकेट लिए। स्नेहा महराले १ विकेट झारिन्। 

तेस्रो खेलमा नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ। अन्तिम खेलमा ९ जुनमा मलेसियासँग खेल्ने तालिका छ। 

विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले कतारमाथि ७९ रनको सानदार जित निकालेको थियो। दोस्रो खेलमा भने युएईसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .