ad ad

खेल


६४ वर्षपछि वेल्स विश्वकपमा

६४ वर्षपछि वेल्स विश्वकपमा

नेपालखबर
जेठ २३, २०७९ सोमबार ११:५८, काठमाडौँ

उपहार गोलको मद्दतमा वेल्स ६४ वर्षपछि कतार विश्वकप २०२२ का लागि छनोट भएको छ। 

आइतबार राति भएको खेलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्स सन् १९५८ पछि विश्वकपका लागि छनोट भएको हो। 

युरोपियन छनोटअन्तर्गत युक्रेनलाई हराउँदै वेलस दोस्रो पटक विश्वकपमा पुगेको हो। विश्वकपमा छनोट भएसँगै वेल्स इंग्ल्याण्ड, अमेरिका र इरान रहेको समूह ‘बी’मा रहने छ। 

खेलको ६४औँ मिनेटमा युक्रेनका एन्ड्रिए योर्मोलेन्कोको उपहार गोलमा वेल्सले विश्वकपसम्मको यात्रा तय गर्न सफ भएको हो। 

वेल्सका कप्तान ग्रेथ वेलले भने, ‘यो वेल्स फुटबल इतिहासका लागि सबैभन्दा ठुलो नतिजा हो। यो हाम्रो लागि सबै कुरा हो। म बोल्न सकिरहेको छैन। अहिले हामी कति खुसी छौँ भन्ने कुरालाई शब्दमा पनि बयान गर्न सकिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .