ad ad

खेल


स्विजरल्यान्डविरुद्ध रोनाल्डोप्रेरित पोर्चुगलको चार गोल

स्विजरल्यान्डविरुद्ध रोनाल्डोप्रेरित पोर्चुगलको चार गोल

नेपालखबर
जेठ २३, २०७९ सोमबार ११:४०, काठमाडौँ

क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगलले युईएफए नेशन्स लिग फुटबल प्रतियोगितामा स्विजरल्यान्डविरुद्ध फराकिलो जित दर्ता गराएको छ।

प्रतियोगिताको समूह चरणअन्तर्गत आइतबार राति पोर्चुगलले स्विजरल्याण्डमाथि ४-० गोलको जित निकालेको हो। 

पोर्चुगललाई प्रभावशाली जित दिलाउने क्रममा कप्तान क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत २ गोल गर्न सफल भए। 

पोर्चुगलका लागि खेलको सुरुवाती पाँचौँ मिनेटमै विलियम कार्भाल्होले गोल गर्दै अग्रता दिन सफल भए। 

त्यसपछि खेलको ३५ औँ मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २-० को अग्रता बनायो। 

पहिलो गोल गरेको चार मिनटेपछि अर्थात खेलको ३९ औँ मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै अग्रता ३-० मा पुर्‍याए। 

खेलको दोस्रो हाफमा पनि पोर्चुगल आक्रमक देखियो। उसका लागि खेलको ६८ औँ मिनेटमा जोआ कान्सेलोले गोल गरेर ४-० को जित पक्का गरे। 

स्विजरल्यान्डविरुद्ध फराकिलो जितपछि लिगको ए समूह २ मा पोर्चुगलले ३ अंक बनाएको छ। उसले २ खेलबाट ४ अंक बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .