ad ad

खेल


यू–१९ महिला क्रिकेटमा नेपालको इतिहासकै खराब प्रदर्शन, यूएईसँग १० विकेटले पराजित

यू–१९ महिला क्रिकेटमा नेपालको इतिहासकै खराब प्रदर्शन, यूएईसँग १० विकेटले पराजित

नेपालखबर
जेठ २१, २०७९ शनिबार १३:१०, काठमाडौँ

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ।

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो। नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो।

यूएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन्  । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सबै विकेट गुमाउँदै केवल ८ रन जोडेको हो। इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन्।

किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडिन्।

यूएईका महिका गौरले ५ विकेट लिइन् भने इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन्। छनोटमा नेपालको यो पहिलो हार हो।

हिजो भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो। यता यूएईको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा यूएईले भुटानलाई १६० रनले हराएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .