ad ad

खेल


पहिलो अभ्यास खेलमा नेपाल पराजित

पहिलो अभ्यास खेलमा नेपाल पराजित

नेपालखबर
जेठ २०, २०७९ शुक्रबार ९:१४, काठमाडौँ

कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे पनि नेपाली अल स्टार्ससँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ। 

अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहिबार राति खेलेको पहिलो अभ्यास खेलमा हार व्यहोरेको हो। 

नेपालले दिएको १ सय ९१ रनको लक्ष्य नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। 

अल स्टार्सको जितमा विपुल शर्माले ५० रनको महतव्पुर्ण योगदान दिए। गौरभ बजाज ४० रनमा नटआउट रहे। 

नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएपनि टोलीको हार टार्न भने सकेनन्। उनले आफ्नो स्पेलमा १ मेडनसहित ४९ रन खर्चेर ५ विकेट लिए। किशोर महतोले १ विकेट लिए।

त्यसअघि अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अलस्टार्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भयो। आरिफ शेखले ६० रन नटआउट रहे।

पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गरे। ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट भए।

आसिफ शेख तेस्रो ओभरको तेस्रो बलमा १ रनमा चोटका कारण पवेलियन फर्के। करण केसीले २१ र रोहित पौडेलले १६ रन थपे। अल स्टार्सका लागि मार्टिन कैनले ३ विकेट झारे। 

नेपाली टोली आईसीसी लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि अमेरिका छ। सिरिजअघि नेपालले २ अभ्यास खेल खेल्न लागेको हो। दोस्रो अभ्यास खेल ह्युस्टन हरिकेन्ससँग शनिबार खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .