ad ad

खेल


च्याम्पियन्स लिगको फाइनलमा भएको ढिलाइबारे छानबिन सुरु

च्याम्पियन्स लिगको फाइनलमा भएको ढिलाइबारे छानबिन सुरु

नेपालखबर
जेठ १७, २०७९ मंगलबार ९:३१, काठमाडौँ

युरोपेली फुटबल संघ (यूएफा)ले शनिबार भएको च्याम्पियन्स लिगको फाइनल खेल हुन आधा घण्टा ढिलो भएको विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको छ।

लिभरपुल र रियल मड्रिडबीच फ्रान्सको राजधानी सहर पेरिसमा भएको खेल ३६ मिनेट ढिलो सुरु भएको थियो।

सार्वजनिक भएको तस्बिरमा देखिएअनुसार लिभरपुलका समर्थक स्टेडियममा प्रवेश गर्न लामो लाइनमा थिए। सोही क्रममा फ्रान्सको प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। 

सोमबार फ्रान्सका अधिकारीहरुले टिकट बिक्रीको मामिलामा संगठनिकरुपमा हेरफेर गरिएको आरोप लगाएका थिए।

फ्रान्सका खेलमन्त्रीले रियल मड्रिडका समर्थकमा कुनै किसिमको समस्या नदेखिएको र उनीहरु लिभरपुलका समर्थकको तुलनामा नियन्त्रित देखिएको बताएका थिए। 

यससँगै लिभरपुलले फ्रान्सका खेलमन्त्रीले माफी माग्नुपर्ने माग राखेको छ।

यूएफाले सबै सम्बन्धित पक्षको प्रमाण जुटाएपछि त्यसको प्रतिवेदन सार्वजनिक गरिने बताएको छ। त्यसपछि यूएफाले थप कदम चाल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .