ad ad

खेल


भलिबल खेलाडी अरुणा नेदरल्यान्ड्स प्रस्थान

भलिबल खेलाडी अरुणा नेदरल्यान्ड्स प्रस्थान

नेपालखबर
जेठ १६, २०७९ सोमबार १४:५३, काठमाडौँ

राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्स प्रस्थान गरेकी छिन्। 

नेपाल भलिबल संघको पहल तथा नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा अरुणा प्रशिक्षणका लागि त्यसतर्फ प्रस्थान गरेकी हुन्। कप्तान अरुणाले त्यहाँ ३५ दिन प्रशिक्षण गर्नेछिन्। 

अरुणाले भनिन्, नेपालमा हुँदा गुरुहरुले जति सिकाउनुभएको छ त्यो आधारमा नै खेल्दै आएकी छु। सेटरकै लागि प्रशिक्षण गर्ने अवसर पाएको छ्, यसले राष्ट्रिय टोलीमा पनि सहयोग गर्नेछ। 

अरुणाको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ। यस्तै १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो। त्यसअघि नेपाल सागको फाइनलमा पुग्न सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .