ad ad

खेल


नवप्रवेशी गुजरात बन्यो आईपीएलको च्याम्पियन

नवप्रवेशी गुजरात बन्यो आईपीएलको च्याम्पियन

नेपालखबर
जेठ १६, २०७९ सोमबार १४:३, काठमाडौँ

राजस्थान रोयल्सको १४ वर्षपछि इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्ने सपना यो पटक पनि अधूरै भएको छ। 

यता गुजरात टाइटन्स भने पहिलो सिजनमा नै च्याम्पियन बनेको हो। राजस्थान सन् २००८ पछि पहिलो पटक उपाधि जित्ने योजनामा थियो। 

आइतबार राति भएको खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो। 

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। 

शुभमल गिल ४५ र डेविट मिलर ३२ रनमा नटआउट रहे। गिलले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कप्तान हार्दिक पान्ड्याले ३४ रन थपे। 

तेस्रो विकेटका लागि गिल र हार्दिकले ६३ रनको साझेदारी गर्दै इनिङ्स उकासेपछि गुजरातले सहज जित निकालेको हो। राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए।

त्यसअघि अहमदाबादस्थितनरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो। 

ओपनर जस बटलरले सर्वाधिक ३९ रन जै राजस्थानका लागि सर्वाधिक रह्यो। ओपनर यशस्वी जैसवाल २२ रनमा पवेलियन फर्के। रियान परागले १५ र कप्तान सञ्जु स्यामसन १४ रनमा आउट भए।

शिम्रन हेटमायर र ट्रेन्ट बोल्टले समान ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। गुजरातका लागि कप्तान हार्दिक पान्ड्या एक्लैले ३ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .