ad ad

खेल


तेन्जिङ हिलारी एभरेष्ट म्याराथन : पुरुषतर्फ तीर्थबहादुर, महिलातर्फ पूर्णिमायालाई उपाधि

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन : पुरुषतर्फ तीर्थबहादुर, महिलातर्फ पूर्णिमायालाई उपाधि

नेपालखबर
जेठ १६, २०७९ सोमबार १०:४४, काठमाडौँ

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १७ औँ संस्करणको उपाधि पुरुषतर्फ तीर्थ बहादुर तामाङ र महिलातर्फ पूर्णिमाया राईले उचालेका छन्। 

आइतबार सम्पन्न एभरेष्ट म्याराथनमा नेपाली धावक तीर्थले ४२.१९५ किमि दुरी ३ घन्टा ५१ मिनेट ९ सेकेन्डमा पुरा गरे। 

पुरुषतर्फ राजकुमार राजभण्डारी दोस्रो भए। उनी तामाङभन्दा ५० सेकेन्डले मात्र पछि परे। दोस्रो भए। 

राजभण्डारीले निर्धारित दूरी ३ घण्टा ५१ मिनेट ५० सेकेन्डमा दुरी पार गरे। ३ घण्टा ५३ मिनेट १० सेकेन्डमा दूरी पार गरेका सुमन कुलुङ तेस्रो भए। 

महिलातर्फ धाविका पूर्णीमायाले ५ घन्टा १९ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै उपाधि जितिन्। 

५ घण्टा ३९ मिनेट ०१ सेकेन्डमा दूरी पार गर्दै अमलधानी राई दोस्रो भइन्। तेस्रो भएकी सेविका राई ५ घण्टा ४४ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बनिन्। 

उपाधि विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरे। दोस्रो र तेस्रो हुने दुवैतर्फका विजेताले जनही ७५ र ५० हजार रुपैयाँ प्राप्त गरे। 

फुल म्याराथन विदेशीतर्फ भने स्विट्जरल्यान्डका बर्नहार्ड जेन्गरले ५ घन्टा ५१ मिनेट २७ सेकेन्डमा पुरा गर्दै पहिलो भए। 

रोमनियाका ड्रागोस मुनटियानुले ६ घन्टा १ मिनेट २० सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए। बेलायतका बेन्जामिन सिनक्लेयरले ६ घन्टा २१ मिनेट ११ सेकेन्डमा दौड पुरा गरी तेश्रो भए। तेन्जिङ हिलारी एभरेष्ट म्याराथन वेस क्याम्पबाट सुरु भएर नाम्चे बजारमा पुगेर समापन भएको थियो।

विदेशी महिलातर्फको हाफ म्याराथनमा भेरिना सिमायर पहिलो भइन्। उनले निर्धारित दुरी ३ घन्टा ६ मिनेट ३४ सेकेन्डमा पुरा गरिन्। 

३ घन्टा २३ मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै एलिना फर्टु दोस्रो र ३ घन्टा ३० मिनेट १९ सेकेन्डमा दौड पुरा गर्दै डियटमार स्टुब तेस्रो भए। हाफ म्याराथन दुवुचेदेखि नाम्चे बजार पुगेर सकिएको थियो। 

६० किमि एक्स्ट्रिम अल्ट्रा म्याराथनको उपाधि अर्जुन राई कुलुङले जिते। राईले निर्धारित दुरी ७ घन्टा ०४ मिनेट ३५ सेकेन्डमा पूरा गरे। 

७ घन्टा ३९ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै गोपाल तामाङ दोश्रो र तेस्रो भएका दुर्गा राज बुढाले ७ घन्टा ३९ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .