ad ad

खेल


एन्फा निर्वाचन : १५ सदस्य पदका लागि ४१ जना भिड्दै

एन्फा निर्वाचन : १५ सदस्य पदका लागि ४१ जना भिड्दै

नेपालखबर
जेठ १२, २०७९ बिहिबार १८:२९, काठमाडौँ

आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा २१ पदका लागि ५४ जना चुनावी दौडमा देखिएका छन्। 

एन्फाको आगामी असार ६ गते निर्वाचनमा २ महिला सहित १५ केन्द्रीय सदस्य पदका लागि ४१ जना आकांक्षी चुनावी मैदानमा देखिएका छन्। 

१३ केन्द्रीय सदस्य पदका लागि मात्रै ३६ जना उम्मेदवारले मनोनयन दर्ता गराएको एन्फा निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले जानकारी दिए। २ महिला सदस्यका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

एन्फाको अध्यक्ष पदमा ३ जना आंकाक्षी छन्। वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेल अध्यक्षको दौडमा देखिएका छन्। १ वरिष्ठ उपाध्यक्षका लागि २ जना र ४ उपाध्यक्षका लागि ८ जना आंकाक्षी देखिएका छन्। 

एन्फा निर्वाचनमा ८७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन्। एन्फा कार्यसमितिमा रहेका निर्वाचित मानार्थ, महासचिव, कोषाध्यक्ष, सीईओलगायत भने प्रतिनिधि हुन पाउनेछैनन्। 

७ प्रदेशबाट ४५, १४ ए डिभिजन क्लबबाट १४, १४ बी डिभिजन क्लबबाट ११, १४ सी डिभिजन क्लबबाट ९ जनाले मताधिकार प्राप्त गर्नेछन्। 

त्यस्तै ४ संघ (महिला, प्रशिक्षक, खेलाडी र रेफ्री) बाट समान १ तथा राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लबबाट समान १ जनाले एन्फा निर्वाचनका लागि मताधिकार पाउनेछन्।  

१ अध्यक्षका पदका लागि ३ उम्मेदवार
कर्मा छेरिङ्ग शेर्पा, पंकजविक्रम नेम्वाङ्, राजिव पौडेल

१ वरिष्ठ उपाध्यक्ष पदका लागि २ उम्मेदवार 
शिक्षित पराजुली, विर बहादुर खड्का

४ उपाध्यक्ष पदका लागि ८ उम्मेदवार 
विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी, दीपक खतिवडा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा

१३ केन्द्रीय सदस्य पदका लागि ३६ उम्मेदवार
भरत बढ थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजरा, तपेश्वर कुमार राउतकुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बु, अनिल श्रेष्ठ, दिपक थापा क्षेत्री, रामराज गुरुङ्ग, लोकेन्द्र गुरुङ्ग, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ्ग, रमेश कुमार श्रेष्ठ, शम्भु बहादुर सिंह ठकुरी, कुमार कटुवाल, प्रविण कुमार यादव, कृष्ण मुरारी गुरुङ्ग, रमेश व्यन्जनकार, मिलन गुरुङ्ग, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, प्रविण कुमार सुवाल, निरोज खड्गी, सुरेन्द्र स्रिखाकार, मनिष जोशी, मुखिया लामा, सुन्दर थापा क्षत्री, बालकुमार सावाँ

२ महिला सदस्य पदका लागि ५ उम्मेदवार
विन्द्रा देवन, सरिला श्रेष्ठ मलेकु, विमला पौडेल, पेमा डोल्मा लामा, विना नवाछे श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .