ad ad

खेल


आईपीएल : लखनऊमाथि बेंग्लोरको जित, फाइनलमा पुग्न राजस्थानसँग खेल्ने

आईपीएल : लखनऊमाथि बेंग्लोरको जित, फाइनलमा पुग्न राजस्थानसँग खेल्ने

नेपालखबर
जेठ १२, २०७९ बिहिबार ६:३५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार भएको प्ले अफमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्समाथि १४ रनको जित हात पारेको छ।

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको बेंग्लोरले ४ विकेटको क्षतिमा २०७ रनको विशाल रनको स्कोर खडा गरेको थियो। 

बेंग्लोरका लागि रजत पाटिदारले अविजित ११२ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९३ रन मात्र बनाउन सक्यो।

लखनउका लागि केएल राहुलले सर्वाधिक ७९ रन बनाए। त्यस्तै दीपक हुड्डाले ४५ रन बनाए।

यद्यपि यो जितका लागि पर्याप्त हुन सकेन। 

अब बेंग्लोरले फाइनलमा पुग्न राजस्थान रोल्यससँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .