१३औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदको महिला भलिबलको सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वीका रुपमा श्रीलंकालाई पाएको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार दिउँसो सम्पन्न समूह बीको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले नेपालसँगको भेट पक्का गरेको हो।
शुक्रबार भएको अर्को खेलमा बंगलादेश भारतसँग पराजित भएपछि नेपाल सेमिफाइनलमा पुगेको थियो।
बंगलादेशलाई ३–० ले पराजित गरेको भारत समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भारतले माल्दिभ्ससँग पहिलो सेमिफाइनल खेल खेल्नेछ।

प्रतिक्रिया