ad ad

खेल


आईपीएल : राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

आईपीएल : राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

नेपालखबर
जेठ ११, २०७९ बुधबार ६:५१, काठमाडौँ

इन्डियन प्रिमियर लिगअन्तर्गत सोमबार भएको प्लेअफमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको छ।

सोमबारको खेलमा गुजरातले राजस्थानले ७ विकेटले पराजित गरेको हो। पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८८ रन बनाएको थियो।

राजस्थानका लागि जोस बटलरले ८९ रनको पाली खेलेका थिए भने सन्जु सामसनले ४७ रन बनाए। 

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा १९१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

गुजरातका लागि डेभिड मिलरले अविजित ६८ रनको पाली खेले। हार्दिक पाण्डेले अविजित ४० रन बनाए। 

दास्रो प्ले अफमा आज लखनउ सुपर जायन्टस र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .