ad ad

खेल


नवौँ खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म, ६० करोडको खर्च सीमा

नवौँ खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म, ६० करोडको खर्च सीमा

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १४:५९, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुने भएको छ।  

युवा तथा खेलकुद मन्त्रालयले ६० करोड खर्चमा खेलकुद प्रतियोगिता सक्ने गरी नयाँ मिति घोषणा गरेको हो।

मन्त्रिपरिषदले सोही खर्च सीमामा प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ। 

यसअघि जेठमै हुने भनिए पनि निर्वाचनलगायतका कारण सर्दै आएको छ।  

त्यसअघि पनि कोरोना महामारीको कारण देखाउँदै पटक–पटक सर्दै आएको थियो।  

नवौँ खेलकुदमा सहभागी हुने खेलाडीलाई तयारीका लागि समय अभाव भएकोले असोजसम्म प्रतियोगिता सार्ने तयारी भएको थियो। 

अहिले स्थानीय तहको चुनाव र परीक्षाको कारण खेलाडीहरुलाई तयारी कम पुग्ने भएकाले नवौँ खेलकुद सारिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।  

यसअघि जेठ २२ देखि २८ गते सम्म नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने भनेर मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .