ad ad

खेल


प्रिमियर लिग : १० वर्षयता पहिलोपटक अन्तिम खेलबाट टुंगो लाग्दै उपाधि, शीर्ष ४ र रेलिगेसन टोली

प्रिमियर लिग : १० वर्षयता पहिलोपटक अन्तिम खेलबाट टुंगो लाग्दै उपाधि, शीर्ष ४ र रेलिगेसन टोली

नेपालखबर
जेठ ८, २०७९ आइतबार १२:२६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा आज आइतबार लिगकै अन्तिम खेलहरु हुँदै छन्। 

राति हुने खेलले उपाधिसँगै रेलिगेसनमा जाने टोलीहरुको टुङ्गो लगाउने भएको छ। 

१० वर्षयता पहिलोपटक लिगको उपाधि, शीर्ष चार र रेलिगेसनमा जाने टोलीको टुंगो यही अन्तिम खेलले लाग्ने भएकाले आजको खेललाई निकै रोचक रुपमा लिइएको छ।  

अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेका म्यानचेष्टर सिटी र लिभरपुल  उपाधिका लागि खेल्दै छन्। एकै समयमा फरक टोलीसँग खेल्ने दुई टोलीका लागि आजको खेल महत्वपूर्ण छ। 

म्यानचेष्टर सिटी पाँचौ पटक उपाधि उचाल्ने योजनामा छ। सिटीले घरेलु मैदानमा एस्टोन भिल्लासँग खेल्दा लिभरपुलले भने वोल्भरह्याप्टोन वान्डरर्ससँग खेल्नेछ। 

शीर्ष स्थानको सिटी भिल्लासँग बराबरी वा हारको नतिजाले पनि उपाधि लिभरपुलले उचाल्न सक्छ। उता लिभरपुल वोल्भरह्याप्टोनसँग बराबरी वा हार भोग्दा उपाधि सिटीले उचाल्नेछ। 

सिटी ९० अंकमा शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लिभरपुलको एक अंक कम छ। बराबरी या हारको नतिजाले पनि दुवै टोलीले उपाधि गुमाउन सक्नेछन्। त्यसैले आइतबारको खेल यी दुवै टोलीका लागि निकै महत्वपुर्ण छ।

प्रिमियर लिगको पछिल्लो पाँच सिजनलाई हेर्ने हो भने सिटी बलियो देखिएको छ। सिटीले सन् २०१३१४, २०१७१८, २०१८–१९ र २०२०–२१ मा उपाधि जितेको छ। लिभरपुलले भने सन् २०१९–२० को उपाधि जितेको छ।  

आज लिगमा १० वटा खेल हुनेछन्। 

सिटी र लिभरपुल उपाधिका लागि खेल्दा पुछारका दुई टोली भने रेलिगेसनबाट जोगिन संघर्ष गर्दै छन्। लिगमा नर्विच र वाटफोर्ड रेलिगेसनमा परिसकेका छन्। 

समान ३५ अंक भएका लिड्स र वर्नली भने रेलिगेसनबाट जोगिन प्रयासरत रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .