ad ad

खेल


आईपीएलः चेन्नईमाथि राजस्थानको जित

आईपीएलः चेन्नईमाथि राजस्थानको जित

नेपालखबर
जेठ ७, २०७९ शनिबार ६:५२, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा चेन्नई सुपर किंग्समाथि राजस्थान रोयल्सले ५ विकेटको जित हात पारेको छ। 

शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५० रनको स्कोर खडा गरेको थियो।

चेन्नईका लागि मोइन अलीले ९३ रनको पाली खेले। 

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

राजस्थानका लागि यशस्वी जैसवाले ५९ रन बनाए भने रविचन्द्रन आश्विनले अविजित ४० रन बनाए। 

यससँगै लिगमा राजस्थाले १४ खेलबाट १८ अंक हात पारेको छ भने चेन्नईले १४ खेलबाट ८ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .