ad ad

खेल


सीता भन्छिन् : क्यानको निर्णयमा कुनै गुनासो छैन

सीता भन्छिन् : क्यानको निर्णयमा कुनै गुनासो छैन

नेपालखबर
जेठ ३, २०७९ मंगलबार २०:१८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर तथा उपकप्तान सीता रानामगर संयुक्त अरब इमिरेट्स (युएई) मा भएको फेयर ब्रेक इन्भिटेसनल टि–२० क्रिकेट प्रतियोगितामा सहभागी भएर नफर्कँदै उनको पद खोसियो। 

नेपाल क्रिकेट संघ (क्यान) ले सीताको स्थानमा आइतबार इन्दु बर्मालाई उपकप्तानको जिम्मा दिएको थियो। 

फेयर ब्रेकमा सनसनी मच्चाएकी सीताले आफ्नो उपकप्तानको पद खोसिएको पनि मिडियाबाट नै थाहा पाएकी थिइन्। विश्वका स्टार खेलाडी सहभागी फेयर ब्रेक सीताले द टोर्नडोसबाट खेलेकी थिइन्। 

फेयर ब्रेकमा सहभागी भएर स्वदेश फर्केकी सीता मंगलबार युगाण्डासँगको टि–२० आई सिरिज पनि खेलि सकिन्। 

खेलपछि सीताले भनिन्, ‘क्यानले भविष्यको लागि राम्रै सोच्नुभएको होला। मैले पनि फाइनल खेल्ने बेलामा मात्र थाहा पाएको थिएँ। मिडियामा आएपछि मात्र तिम्रो ठाउँमा अरुलाई राख्दै छु भनेर जानकारी आयो त्यसमा भने दुःख लागेको छ।’ 

आफ्नो स्थानमा नयाँ खेलाडीले मौका पाउँदा भने सीता खुसी छिन्। 

‘उ कप्तानमा आओस् भन्ने चाहान्छु। इन्दु पनि मेरै बहिनी हो। उसले राम्रो गरेको नै हेर्न चाहन्छु’ सीताले सुनाइन्। 

नेपाल एपीएफ क्लबकी कप्तानसमेत रहेकी सीताले राष्ट्रिय टोलीको कप्तानीमा दाबेदारी लागेपनि क्यानले राम्रो सोचेर नै यस्तो निर्णय गरेको होला भन्ने सोच्छिन्। 

‘क्यानले गरेको निर्णयप्रति खुसी नै छु तर मेरो कदर मेरो क्लबले गरेको छ’ सीताले भनिन्। 

राष्ट्रिय टोलीबाट खेल्ने समयमा आफू उपकप्तान हुन्छु भन्ने नसोचेको बताउने सीताले उपकप्तानबाट हटाएको बारेमा क्यानले आधिकारीक जानकारी दिएकोमा भने खुसी लागेको सुनाइन्। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीबीच गुट छ भन्ने प्रश्नमा सीता भन्छिन्, ‘ग्रुपिजम हरेक क्षेत्रमा हुन्छ। तर यहाँ यस्तो केही छैन। हार जित को भनेको १४ जना खेलाडी कै नै हो।’ 

आफूलाई उपकप्तान दिन्छ भनेर कहिल्यै नसोचेको र एपीएफको कप्तान भएर नै राम्रो गरिरहेकाले सिनियर खेलाडी भएर नै टोलीको लागि खेल्ने सीताले सुनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .