ad ad

खेल


प्रिमियर लिगः न्युकास्टलसँग हार्‍यो आर्सनल

प्रिमियर लिगः न्युकास्टलसँग हार्‍यो आर्सनल

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ६:४१, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा न्युकास्टल युनाइटेडले आर्सनलमाथि २–० को जित हात पारेको छ। 

सोमबार भएको खेलमा आर्सनलमाथि जित दिलाउने क्रममा न्युकास्टलका बेन ब्रुनो गुइमेरेजले १ गोल गरेका थिए।

न्युकास्टलले १ गोल आत्मघाती गोलको रुपमा उपहार पाएको थियो। 

यससँगै लिगमा आर्सनलले ३७ खेलबाट ६६ अंक हात पारेको छ।

अन्तिम खेल बाँकी रहँदासम्म आर्सनल अन्तिम चारभित्र अटाउन असफल भएको छ।

चौथो स्थानमा रहेको टोटनह्यामले ३७ खेलबाट ६८ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .