जनकपुरधाममा पहिलो पटक हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगेको छ।
१५ मंसिरदेखि नेपालमा हुन लागेको साग प्रतियोगिताको कुस्ती खेल जनकपुरधाममा हुने कार्यक्रम छ।
जनकपुरधाम उपमहानगरपालिका– १३ स्थित जिल्ला खेलकुद विकास समतितिको कबर्ड हलमा प्रतियोगिता हुनेछ।
२० देखि २३ मंसिरसम्म हुने खेलको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले जानकारी दिए।
प्रतियोगितास्थलमा भौतिक पूर्वाधार निर्माण लगायतका काम धमाधम भइरहेका छन्। ‘प्रतियोगिता तयारीको ९० प्रतिशत काम सकिएको छ,’ चौधरीले भने।
आठौँ सागपछि नेपालमा दोश्रो पटक हुन लागेको १३ औँ सागमा काठमाडौँ बाहेक उपत्यका बाहिर जनकपुर र पोखरामासमेत प्रतियोगिता हुन लागेको हो।
चौधरीका अनुसार अनुसार जनकपुरमा कबड्डी र कुस्ती बाहेक अन्य खेल पनि आयोजना गर्ने तयारी थियो। तर, राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरमा भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कबड्डी र कुस्ती खेल मात्र गर्ने निर्णय गरेको हो।
प्रतियोगिताका लागि कवर्ड हलको मर्मत सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल ढोका निर्माण, स्टेज, भिआइपी कक्षको मर्मत लगायतका काम भइरहेका छन्।

प्रतिक्रिया