ad ad

खेल


लिभरपुलले उचाल्यो एफए कप फुटबलको उपाधि

लिभरपुलले उचाल्यो एफए कप फुटबलको उपाधि

नेपालखबर
जेठ १, २०७९ आइतबार ३:०, काठमाडौँ

इङ्लिस क्लब लिभरपुलले प्रतिष्ठित एफए कप फुटबल प्रतियोगिताको उपाधि आठौं पटक उचालेको छ। 

शनिबार राति वेम्ब्ली स्टेडियममा भएको उपाधि भिडन्तमा लिभरपुलले चेल्सीलाई हराएको हो।

निर्धारित र अतिरिक्त समयमा परिणाम निस्किन नसकेपछि गरिएको पेनाल्टी सुटआउटमा लिभरपुलले चेल्सीलाई ६-५ गोल अन्तरले हराएको हो। 

पेनाल्टी सुटआउटमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसको प्रहार गोलमा परिणत भयो।

तर उता लिभरपुलका स्ट्राइकर साडियो मानेले पेनाल्टी खेर फयाके। उता उपाधि गुमाएको चेल्सीका
चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएचको प्रहार गोलमा परिणत भयो।

तर सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टीमा चुक्दा चेल्सीले उपाधि गुमायो। जारी प्रिमियर लिगको मध्यतिर पुगेपछि उपाधि होडबाट बाहिरिएको चेल्सी लगातार तेस्रो पटक फाइनलमा हारेको छ। 

उता लिभरपुलले अझै पनि इङ्लिस प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिगको उपाधि सम्भावना जीवितै राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .