ad ad

खेल


स्वर्ण पदक विजेता चौधरीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

स्वर्ण पदक विजेता चौधरीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १६:३८, कोहलपुर

भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन्। 

बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।

मंगलबार काठमाडौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर बाँके लगिएको छ। बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। 

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षती पुगेको बताए। 

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिइन्।

प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन्।

चौधरीको उनकै गृहनगरमा बुभबार धार्मिक विधि अनुसार अन्तिम संस्कार गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .