इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–१ गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
मंगलबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा जोएल माटिप र साडियो मानेले १/१ गोल गरे।
एस्टन भिल्लाका लागि डोउग्लास लुइजले एक गोल गरेका थिए।
मंगलबारको खेलमा जित हात पारेसँगै लिभरपुलले यसपटकको लिग जित्ने सम्भावनालाई जीवित राखेको छ।
लिभरपुलले लिगको २ खेल बाँकी रहँदा ३६ खेलबाट ८६ अंक जोडेको छ।
लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले ३५ खेलबाट समान अंक जोडेको छ।
यस्तोमा सिटीले बाँकी तीनै खेलमा जित हात पारे लिभरपुलको उपाधि जित्ने सपना सकिनेछ।
बैशाख २८, २०७९, बुधबार
प्रतिक्रिया