ad ad

खेल


आईपीएलः कोलकातासँग हार्‍यो मुम्बई

आईपीएलः कोलकातासँग हार्‍यो मुम्बई

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार ६:४२, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्समाथि ५२ रनको फराकिलो जित हात पारेको छ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो। 

कोलकाताका लागि वेन्कटेश अय्यर र नितिश रानाले समान ४३ रनको पाली खेलेका थिए। मुम्बईका जसप्रित बुमराहले ५ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १७ ओभर ३ बलमा ११३ रनमा समेटियो। मुम्बईका इशान किसनले ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए भने आन्द्रे रसेले २ विकेट हात पारे ।

मुम्बईको लागि जारी आईपीएलमा यो नवौं हार हो। लिगको पुछारमा रहेको मुम्बईले ११ खेलबाट ४ अंक हात पारेको छ।

कोलकाताले भने १२ खेलबाट १० अंक जोडेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .