ad ad

खेल


जिम्बाब्वे ‘ए’द्वारा नेपाललाई २१४ रनको लक्ष्य पेस, किशोर महतोले लिए ५ विकेट

जिम्बाब्वे ‘ए’द्वारा नेपाललाई २१४ रनको लक्ष्य पेस, किशोर महतोले लिए ५ विकेट

नेपालखबर
बैशाख २६, २०७९ सोमबार १५:१०, काठमाडौँ

तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत आज भइरहेको तेस्रो खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ले जितका लागि २१४ रनको लक्ष्य पेस गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। अब नेपालले ३३ ओभरमा उक्त लक्ष्य भेट्नुपर्नेछ।  

पाहुना टोलीले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको हो।

जिम्बाब्वे एका लागि तादिवानासे मारुमानीले ३१ बलमा ५० रन, इन्नोसेन्ट काइयाले १४ बलमा १२ रन, कुड्जाई मौन्जेले ३९, रोय काइयाले ३६, जोनादन क्याम्पबेलले ३, सेफास झुवाओले १६, टोनी मुनयोंगाले २४, ब्राड इभान्सले ७, ल्युक जोंग्वेले १९ र ब्रान्डन माभुताले ६ रनको योगदान गरे।

नेपालले पाहुना टोलीलाई १ अतिरिक्त रन दिएको थियो। 

खेलमा नेपाली बलर किशोर महतो एक्लैले १ मेडनसहित ५ विकेट झारे। उनले ७ ओभर बलिङ गर्दा ४३ रन दिए। त्यस्तै करण केसीले १, सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन्। उनले ६ ओभर बलिङ गरी ५६ रन दिएका थिए। बासिर अहमदले पनि आज विकेट लिन सकेनन्। उनले २ ओभर बलिङ गरी ११ रन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .