ad ad

खेल


तीन सशक्त दाबेदार पन्छाएको रियललाई फाइनलमा पुरानै प्रतिस्पर्धी

तीन सशक्त दाबेदार पन्छाएको रियललाई फाइनलमा पुरानै प्रतिस्पर्धी

नेपालखबर
बैशाख २६, २०७९ सोमबार १२:२७, काठमाडौँ

च्याम्पियन्स लिग सुरु हुँदै गर्दा सबैभन्दा बलिया टोलीका रुपमा लिएका तीनवटै टोली रियल मड्रिडसँग पराजित भएका छन्। रियल मड्रिडलाई औसतको टिम मानिएको थियो। 

साबिक बिजेता चेल्सी, उपविजेता म्यानचेस्टर सिटी र च्याम्पियन्स लिगकै लागि विश्व चर्चित खेलाडी जम्मा पारेको पिएसजी र बायर्न म्युनिखलाई सबैभन्दा बलिया टोली मानिएको थियो। 

बायर्न स्पेनको भिल्लारियलसँग पराजित भयो। बाँकी बलिया तीन टोलीलाई भने रियल मड्रिडले घर पठायो। अन्तिम १६ मा पीएसजीलाई निराश बनाएको रियलले क्वार्टर फाइनलमा साबिक विजेता चेल्सीलाई बिदाइ गर्‍यो।

सेमिफाइनलमा पहिलो लेगमा पछि परेको अवस्था उल्ट्याउँदै रियलले घरेलु मैदानमा सनसनी मच्चाएको हो। अब उपाधिका लागि पुरानै प्रतिस्पर्धी लिभरपुलसँग खेल्नेछ। 

दुई सिजनअघि रियलले लिभरपुलमाथि जित निकाल्दै उपाधि चुमेको थियो। पुनः फाइनलमा लिभरपुलसँगै भेट भएको हो। 

घरेलु लिग लालिगा जितिसकेको रियलका करिम बेन्जेमा च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्। 

च्याम्पियन्स लिगका ११ खेलमा सर्वाधिक १५ गोल गरेका छन्। ला लिगाका पनि सर्वाधिक गोलकर्ता उनी नै हुन्। ३० खेलमा बेन्जेमाले २६ गोल गरेका छन्। ११ गोलमा असिस्ट प्रदान गरेका छन्।

च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पीएसजी) सँग १–० ले पराजित भएको रियलले दोस्रो लेगमा ३–१ तथा समग्रगमा ३–२ को नतिजा निकाल्दै अन्तिम ८ मा स्थान बनाएको थियो। 

क्वार्टरफाइलनको पहिलो लेगमा चल्सीमाथि ३–१ ले जित निकालेको रियल दोस्रो लेगमा भने ३–२ ले पराजित भयो। तर समग्रमा ५–४ को नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो। 

सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग ४–३ ले पराजित भएपनि दोस्रो लेगमा सिटीमाथि ३–१ को सानदार जित निकाल्दै समग्रमा ६–५ को जित हात पार्दै रियलले लिभरपुलसँग उपाधि भिडन्त पक्का गरेको हो। 

यस्तोमा दुई सिजनअघिको बदला लिँदै यो सिजनको उपाधि जित्ने दाउ रियलको रहनेछ भने लिभरपुललाई पनि दुई सिजनअघिको बदला लिने अवसर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .